काठमाडौं, ५ चैत्र । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन पनि बुझाइँदै छ ।निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ ।फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सबैभन्दा ठूलो दल बनेको छ ।
आयोगले सोमबार सार्वजनिक गरेको ११० जना समानुपातिक सांसदहरुको विवरण अनुसार रास्वपाका ५७ जना समानुपातिक सांसद छन् ।प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकबाट २० र प्रत्यक्षतर्फ ९ सिट जितेको नेककपा एमालेले समानुपातिकबाट १६ सिट जितेको छ ।यसैगरी प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकबाट ९ सांसद पाएको छ ।प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टी र १ सिट जतेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ समान ४/४ जना सांसद पाएका छन् ।







प्रतिक्रिया