जनकपुरधाम, १८ असार । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गररेर हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो ।
विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।
ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि विमल गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइएको भएपनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया