काठमाडौं, २ चैत्र। नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्लेको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाटराजीव श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौताअनुसार विश्वविद्यालयबाट वार्षिक रूपमा कट्टा गरी संकलन हुने उपदान कोषको रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्ने व्यवस्था गरिनेछ।
नागरिक लगानी कोष ऐनअनुसार कोषमा योगदान गरिएको रकमबाट आर्जन हुने ब्याज तथा प्रतिफल सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा जम्मा गरिनेछ। साथै कोषले विभिन्न अतिरिक्त सुविधा पनि उपलब्ध गराउने जनाएको छ।
सम्झौताअनुसार विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई कोषको नियमअनुसार ऋण सापटीसमेत उपलब्ध गराइनेछ। त्यस्तै विश्वविद्यालयको सिफारिसमा सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई उपदान रकम कोषमार्फत भुक्तानी गर्ने व्यवस्था पनि गरिएको उल्लेख छ।







प्रतिक्रिया