काठमाडौं, १चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीले निर्वाचन आयोगमा बुझाउन तयार पारेको सूचीमा केही अपेक्षित नाम छुटेका छन् भने केही नयाँ अनुहार समेटिएका छन्।
सिफारिस सूचीअनुसार खस–आर्य समूहबाट १६ महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस भएका छन्। पुरुषतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ मात्र सूचीमा अटाएका छन्। दोस्रो नम्बरमा रहेका सुदीप ढकाल र तेस्रो नम्बरका प्रमोद न्यौपाने भने सूचीबाट बाहिरिएका छन्।
त्यस्तै दलिततर्फ पुरुषतर्फ दोस्रो नम्बरमा रहेका गायक प्रकाश सपुत पनि समानुपातिक सूचीमा अटाउन सकेनन्।
आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष सिफारिस गरिएको छ। पुरुषतर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा समेटिएका छन्।
मधेसीतर्फ ६ महिला र २ पुरुष, दलिततर्फ ७ महिला, थारु समुदायबाट २ महिला र २ पुरुष तथा मुस्लिम समुदायबाट ३ महिला उम्मेदवार सिफारिस भएका छन्।
खस–आर्यबाट
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल, रमेश प्रसाईँ।
आदिवासी जनजातिबाट
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा।
मधेसीबाट
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण।
दलितबाट
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक।
थारुबाट
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी।
मुस्लिमबाट
समिना मिया, अफ्साना बानु, गलाजा शमीम मिकरानी।
रास्वपाको यो सूची सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर दुवैतर्फ केही नाम छुटेको विषयमा चर्चा सुरु भएको छ।







प्रतिक्रिया