काठमाडौं, २८ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन) का महासचिव सन्तोष बरालले औषधिको गुणस्तरबारे स्पष्ट पार्नुभएको छ । नेपाल फर्मा एक्स्पो २०२६ को समापन कार्यक्रममा बोल्दै उहाँले गुणस्तर छैन भने त्यो औषधि नै नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘यदि कुनै औषधिमा गुणस्तर नै छैन भने के त्यसलाई औषधि भन्न सकिन्छ ? यदि गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन ।’ उहाँले औषधि क्षेत्रसँग सम्बन्धित सबै निकायहरू (औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, फार्मेसी काउन्सिल, मेडिकल काउन्सिल, मेडिकल एसोसिएसन लगायत)लाई औषधिको गुणस्तरबारे अनावश्यक भ्रम फैलिन नदिन जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।
बरालले औषधि क्षेत्रमा गुणस्तर नहुने वस्तु उत्पादन, लेखन, बिक्री वा प्रयोगमा ल्याइएमा त्यसको जिम्मेवारी एप्पोनले लिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो,‘ुत्यस्तो वस्तु औषधि होइन, अन्य कुनै वस्तु हो । त्यसको जिम्मेवारी नेपाल औषधि उत्पादक संघले लिने छैन ।’
उहाँले यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका अध्यक्षहरूलाई समेत धन्यवाद व्यक्त गर्दै, नेपाल फार्मा एक्सपोको सफलतामा योगदान पुर्याउने सबै स्पोन्सर तथा सहभागी संस्थाहरूको सह्राहना गर्नुभयो ।









प्रतिक्रिया