काठमाडौं, २६ फागुन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गर्नुभएको छ ।
आज नेपाल फर्मा एक्स्पो र औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गर्नुभयो । तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनु पर्ने उहाँको भनाइ छ ।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिडिरहेका छौं, औषधि ऐनलाई जनतामुखी बनाऔं, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी ५ वर्ष भित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं, ८० प्रतिशन औषधि हामी उत्पादन गरेर देखाउँछौं,’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताउनुभयो । उहाँले थप्नुभयो,‘हाम्रो औषधि विदेशका कुन औषधि सँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं ।’









प्रतिक्रिया