संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित हुनुभएको छ । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित हुनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो हुनुभएको छ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो स्थानमा कायम रहे । यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुनुहुन्छ। कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उहाँलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ । ६२ वर्षीय कार्की शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि बोकेका व्यक्ति हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बीएससी पूरा गरेपछि सन् १९९० मा कृषि अर्थशास्त्रमा एमएससी तथा विज्ञान संकायमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
सन् १९९५ मा युनिभर्सिटी अफ म्यानचेस्टर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजना व्यवस्थापनमा डिप्लोमा लिएका उहाँले सन् २००१ मा युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट ‘द पोभर्टी एन्ड मूभमेन्ट्स फ्रम ब्लो इन नेपाल’ विषयमा पीएचडी गनुभएको छ । कूटनीतिक दक्षता अभिवृद्धिका लागि उहाँले हार्वर्ड ल’ स्कूलबाट अन्तर्राष्ट्रिय कूटनीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण, यूएनबाट अन्तर्राष्ट्रिय वार्तासम्बन्धी तालिमसमेत लिनुभएको छ ।









प्रतिक्रिया