यी हुन् नेकपाले जितेका ६ क्षेत्र र उम्मेदवार

काठमाडौं, २४ फागुन । नेकपाले अहिलेसम्म ६ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ । नेकपाले जितेका क्षेत्र र उम्मेदवार यस प्रकार छन् स्

नेकपा

१। धनबहादुर बुढा, डोल्पाबाट ६ हजार ८०२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेका लंकबहादुर रोकायको ५ हजार ३९६ मत ।

२। रमेश मल्ल, सल्यानमा २३ हजार १८९ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी रास्वपाका ललितकुमार चन्दको २० हजार ९०४ मत ।

३। गोपाल शर्मा, रुकुम पश्चिममा २१ हजार ६०९ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका राजु केसीको १६ हजार ६६१ मत ।

४। वर्षमान पुन, रोल्पामा २७ हजार चार सय ६० मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ।

५। महेन्द्रबहादुर शाही, कालिकोटमा ११ हजार ३३८ मत ल्याएर विजयी । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ।

६। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट १० हजार २४० मतसहित विजयी । निकटमत प्रतिष्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १२ : २९  बजे