भोजपुर, १७ फागुन । भोजपुरमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेस आबद्ध रहेका ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।भोजपुरको आमचोक गाउँपालिका–७, सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राइले जानकारी दिनुभयो । त्यस्तै, सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले भोजपुरले जनाएको छ ।
उहाँहरूलाई एमाले उम्मेदवार समेत रहनुभएका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराउनुभयो । आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो । नेता राईले नेता कार्यकर्ता पार्टी प्रवेश गर्दा आफूलाई यहाँ जित सुनिश्चित गर्न थप सहल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।









प्रतिक्रिया