अध्यक्ष ओलीलाई झापामा गाउँ नै उपहार: बार्हसुदीका ४०० मतदाता एमाले प्रवेश

काठमाडौं, १४ फागुन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा एक सिङ्गो गाउँ नै पार्टीमा समाहित गराएर उपहार दिइएको छ। झापाको गौरीगञ्ज गाउँपालिका वडा नं(४ स्थित बार्हसुदी गाउँका झन्डै ९० प्रतिशत मतदाता अन्य दल परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। बुधबार आयोजित एक विशेष समारोहका बीच बार्हसुदी गाउँका ४५० कुल मतदातामध्ये ४०० जनाले सामूहिक रूपमा एमालेको सदस्यता लिएका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  ०७ : ५८  बजे