काठमाडौं, १६ असार । कोशि प्रदेशको ताप्लेजुङ जिल्लाकिो सिरिजङ्घा गाउँपालिका– ५ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य ओममप्रसाद भण्डारीले नैतिकता देखाउँदै राजीनामा दिएका छन् । सो विद्यालयले एसइईमा लगातार शून्य नतिजा ल्याएकाले भण्डारीले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । सो विद्यालयबाट यस वर्ष १५ जना विद्यार्थी यस वर्ष एसइईमा सहभागि भएकामा सबै ननग्रेड भएका हुन् । विद्यालयको गत वर्ष पनि शून्य नतिजा आएको बताइएको छ ।
विद्यालयका प्रधानाध्यापकलाई समय समयमा सजक गराए पनि उनले शिक्षण सिकाईमा ध्यान नदिएको भण्डारीले आफ्नो राजीनामा पत्रमा बताएका छन् । प्रअले राजनीतिका कारण शिक्षहरूमै फुट ल्याउने, व्यवस्थापन समितिमा फुट ल्याउने र आफ्नो पद जोगाइराख्ने नीतिका कारण लगातार शून्य नतिजा आएको उनको आरोप छ । माओवादीका केन्द्रीय नेता खेलप्रसाद बुढाथोकीको गृह वडा भए पनि उनले विद्यालयमा शिक्षण सिकाईमा सुधार ल्याउनुको विद्यालयमा अनावश्यक राजनीति घुसाउँदाको परिणाम शून्य नतिजा भएको स्थानीयको गुनासो छ ।
सिरीजङ्घा गाउँपालिमामा जम्मा ९ वटा माध्यमिक विद्यालय रहेकामा यस पटकको एसइईमा शुन्य नतिजा ल्याउने वडानं. ५ को राष्ट्रिय प्राथमिक विद्यालय मात्र रहेको छ । सो गाउँपालिकाका अन्य विद्यालयले यस पटकको एसइईमा एउटाले लगातार शून्य नतिजा ल्याउँदा अन्यले घटीमा २० प्रतिशतदेखि बढीमा वढीमा ५७.८९ प्रतिशतसम्म परीक्षार्थी उतिर्ण गराउन सफल भएका छन् ।
प्रतिक्रिया