११ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

काठमाडौं, ८ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलोग्राम २७० ग्राम लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  १९ : ३५  बजे