लुम्बिनी राष्ट्रिय खुल्ला ‘रोड रेस’ दौड प्रतियोगितामा पुरुषतर्फ राजन र महिलातर्फ निशा प्रथम

काठमाडौं, १४ साउन । लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष र महिला ‘रोड रेस’ दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ निशा सार्की प्रथम भएका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज घोराहीमा भएको १० किलोमिटर दौड प्रतियोगितामा आर्मीकै नरेन्द्र सिंह रावत दोश्रो र नेपाल पुलिस क्लबका नागेश्वर अहिर तेश्रो भएका छन् ।

यस्तै महिलातर्फ एपीएफ क्लबकी दीपा परियार दोश्रो र नेपाल पुलिस क्लबकी सुमित्राकुमारी चौधरी तेश्रो भएकी छिन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार  २० : १२  बजे