एमालेको क्रेज बढ्दो, इलामको माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष र माइजोगमाईका वडाध्यक्ष प्रवेश

सोमवार मात्रै माइजोगमाई गाउँपालिका-३ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमाले प्रवेश

इलाम, ५ फागुन । प्रतिनिधि सभा निर्वाचनको माहौल चलिरहेका बेला इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

जसपा नेपालका केन्द्रीय सदस्य समेत रहनुभएको नेम्वाङ २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । एमाले उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अभियानकै क्रममा आज आयोजित कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

देशभक्त शक्तिलाई मजबुत बनाउन आफूहरू एमालेमा सामेल भएको उहाँको भनाइ छ । यसअघि सोमवार मात्रै माइजोगमाई गाउँपालिका वडा नम्बर ३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  १८ : ५८  बजे