काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तय भएको छ ।
प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदै हुनुहुन्छ। सम्बोधनका क्रममा उहाँले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले बताउनुभयो ।
प्रतिक्रिया