काठमाडौं, २१ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन ९० बुलेट (१ लाख १४ हजार) सिलिण्डर एलपीजी ग्यास चाहिने बताउनुभयो । जसमध्ये शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको बताउनुभयो । मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ ।
यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध समेत गर्नुभयो । चुनाव अवधिमा पनि यही रुपमा निरन्तर रुपमा ग्यास आपूर्ति हुने भट्टले बताउनुभयो ।










प्रतिक्रिया