काठमाडौं, २० माघ । निर्वाचन आयोगको मतदाता र निर्वाचन क्षेत्रअन्तर्गत रहेका मतदान स्थल, मतदान केन्द्र र मतदाताको तथ्यांक सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक तथ्यांकअनुसार नेपालभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् ।
जसमा रामेछाप सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ । यहाँ कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता छन् । धेरै मतदाता हुने सूचीको दोस्रो स्थानमा अर्घाखाँची-१ र तेस्रोमा दोलखा-१ रहेको छ । त्यसैगरी, सबैभन्दा कम मतदाता मनाङमा ७ हजार छन् ।
सबैभन्दा बढी मतदाता भएका ५ निर्वाचन क्षेत्र:
१. रामेछाप– १,८७,९५२
२. अर्घाखाँची– १,७१,६५२
३. दोलखा– १,७०,३२१
४. बर्दिया–१: १,६८,०३४
५. काभ्रेपलाञ्चोक-२: १,६५,५११
सबैभन्दा कम मतदाता भएका ५ निर्वाचन क्षेत्र:
१. मनाङ– ७,०००
२. मुस्ताङ– ११,३२८
३. डोल्पा– २४,११५
४. हुम्ला– ३४,३७२
५. पूर्वी रुकुम– ३४,७७२
देशभर कुल १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताहरूले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् ।









प्रतिक्रिया