काभ्रे, १७ माघ । प्रतिनिधिसभा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले डाँडापारि क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो विकास प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
खानीखोलास्थित तालढुंगामा आयोजित कार्यक्रममा लामाले भन्नुभयो, “म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ। म कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको विश्वास जित्नका लागि चुनावी मैदानमा उत्रिएको हुँ।”
उहाँले डाँडापारि क्षेत्रले भोग्दै आएको चुनौती र यहाँका सम्भावनालाई नजिकबाट चिनेको बताउँदै भने, “यहाँ अभाव छन्, तर क्षमता अझ ठूलो छ। समस्या छन्, तर समाधान सम्भव छ। योजनाबद्ध विकासमार्फत समग्र परिवर्तन सम्भव छ।”
अन्तमा लामाले आगामी कार्यकालमा क्षेत्रको दीर्घकालीन विकास, रोजगारी सिर्जना र जनताको भलाइलाई केन्द्रमा राखेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।









प्रतिक्रिया