चुनावले मुलुकलाई निकास दिन सक्दैन : झपट रावल

कैलाली,  १७ माघ। नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट रावलले मुलुक अहिले गम्भीर संकटतिर धकेलिंदै गएको उल्लेख गर्नुभएको छ।

जानकी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई अपेक्षित निकास दिन नसक्ने धारणा व्यक्त गर्नुभयो।
“चुनावले व्यवस्थामा कुनै परिवर्तन ल्याउने छैन, मुलुकलाई निकास दिन सक्ने छैन। बरु संकटतिर धकेलिने जोखिम छ,” रावलले भन्नुभयो।

उहाँले जेनजी आन्दोलनका क्रममा मुलुकले भोग्नु परेको आर्थिक र सामाजिक नोक्सानीमा निर्वाचन खर्च थपिएर स्थिति अझ जटिल बनेको पनि औँल्याउनुभयो।

रावलले मुलुकको स्थिरता र समृद्धिका लागि जिम्मेवार राजनीतिक नेतृत्व र रणनीतिक निर्णय आवश्यक रहेकोमा जोड दिनुभएको छ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार  २० : १३  बजे