प्रचण्डको चुनावी उद्घोष : उमेरले बाधा छैन, भिड्नेछु

सोलुखुम्बु, १७ माघ  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ७२ वर्ष पुगे पनि अझै राजनीतिक सक्रियतामा रहन योजना बनाएको बताएका छन्।

सोलुखुम्बुमा आयोजित चुनावी कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा अझै काम गर्ने जोश रहेको बताउनुभयो। साथै, युवा पुस्तालाई पनि पर्याप्त समय र अवसर रहेको औँल्याउँदै उनले उनीहरूलाई सक्रिय हुन प्रोत्साहित गर्नुभयो।

“म ७२ वर्षको उमेरमा पनि केही वर्ष भिड्नेछु भन्नेमा छु। तपाईंहरु, ४० वरिपरिका साथीहरू, त प्रशस्त समय र अवसर छ,” प्रचण्डले भन्नुभयो।

पूर्वप्रधानमन्त्री प्रचण्डले सोलुखुम्बु जिल्लालाई विशेष महत्व दिएको उल्लेख गर्दै भविष्यमा पनि यस जिल्लामा ध्यान दिने आश्वासन दिनुभयो। सगरमाथाको काखमा रहेको जिल्लामा कसले जीत हासिल गर्छ भन्ने कुरा विश्वको पनि चासोको विषय रहेको उहाँको भनाइ थियो।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार  १७ : ३१  बजे