काठमाडौं, १७ माघ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाका कामहरू पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवार भएर जनतामाझ आएको बताउनुभएको छ।
उहाँले भक्तपुरको नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्यसाथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको सङ्कल्प व्यक्त गर्नुभयो। “तपाईंहरूको बिचमा उपस्थित भएको छु, भक्तपुरका हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु” उहाँले भन्नुभयो, “यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण यी सबै मेरो प्राथमिकताका काम हुन् ।”
सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहने छन्। ‘म बाँचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु’ उहाँले भन्नुभयो।
उहाँले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गर्नुभयो। साथै उहाँले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गर्नुभएको छ। “तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु” मतदातासँग उहाँको अनुरोध छ।









प्रतिक्रिया