काठमाडौँ, १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट उम्मेदवार रहेका नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई कुनै एक दलको मात्र उम्मेदवार नभई सबैको साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘साथीहरू, तपाईं–हामी विगतमा एमाले, कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपा वा जुनसुकै दलमा आबद्ध भए पनि यसपालि म कुनै एउटा दलको मात्रै नेता वा उम्मेदवार होइन, सबैको साझा उम्मेदवारका रूपमा तपाईंहरू माझ आएको छु ।’
उहाँले आफ्नो विगतको कामले नै यो कुरा प्रमाणित गरिसकेको दाबी पनि गर्नुभएको छ। बस्नेतले अगाडि लेख्नुभएको छ, ‘यसपालि मत झण्डा र पात्र हेरेर होइन, भक्तपुरको भविष्य हेरेर दिऔँ । दल फरक हुन सक्छन् । तर जनताको चाहना एउटै हो, देश विकास होस्, नीति निर्माणको तहमा भक्तपुरको आवाज अझ सशक्त बनोस्।’









प्रतिक्रिया