काठमाडौं, ९ माघ । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितको टिम नेकपामा समाहित भएको हो ।
प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।
गुरुङ नेकपामा गएर उम्मेदवार बनेपछि जिल्ला कमिटीका पदाधिकारी नै नेकपामा प्रवेश गरेको हो । नवप्रवेशीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गर्नुभएको थियो ।









प्रतिक्रिया