यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो: महासचिव पोखरेल

काठमाडौं, ६ माघ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यो निर्वाचन प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह भएको बताउनुभएको छ। राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरूलाई परास्त गर्ने सङ्कल्प गर्दे निर्वाचनमा होमिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हिंसाको विरुद्ध शान्तिको,अराजकताको विरुद्ध अनुशासनको, र विध्वंसको विरुद्ध निर्माणको छनौट हो।’
उहाँले यो निर्वाचन संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह रहेको समेत बताउनुभयो ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  ११ : ४९  बजे