एमालेले उम्मेदवार टुङ्ग्यायो (को काहाँ बाट सूचीसहित)

काठमाडौं, ४ माघ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन हुँदैछ ।एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्नुहुने भएको छ । यसैबीच अध्यक्ष केपी शर्मा ओलीले गएको महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुङ्ग्याइएको छैन । त्यहाँ अध्यक्ष ओलीले नै उम्मेदवार टुङ्ग्याउने सचिवालयले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र र जिल्ला कमिटीले गोकुल बास्कोटाको एकल नाम पठाएको काभ्रे–२ मा पनि उम्मेदवार टुङ्ग्याइएको छैन । कैलाली–२ मा झपट रावलले पनि टिकट पाउनुभएन । उपमहासचिव योगेश भट्टराईले निर्णय सुनेर विचलित नहुन अनुरोध गर्नुभएको छ ।

यी हुन् छानिएका उम्मेदवारहरु :

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

सल्यान
१. गुलाबजंग शाह

रूकुम पश्चिम
१. नन्दराम देवकोटा

सुर्खेत
१. ध्रुवकुमार शाही
२. कुलमणि देवकोटा

कालिकोट
१. नागेन्द्र शाही

जुम्ला
१. शान्तिबहादुर महत

मुगु
१. पूर्णबहादुर रोकाया

जाजरकोट
१. डम्बर बहादुर सिंह

दैलेख
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीप्रसाद पोखरेल

हुम्ला
१. दल फडेरा

डोल्पा
१. लंक रोकाया

नवलपरासी

१. राम प्रसाद पाण्डे
२. भगवती प्रसाद यादव

रूपन्देही
१. बाँकी
२. बाँकी
३. वासुदेव घिमिरे
४. बाँकी
५. खिमलाल भट्टराई

पाल्पा
१. नारायण आचार्य
२. विष्णु पौडेल

कपिलवस्तु
१. विश्राम चौधरी
२. बाँकी
३. वीरेन्द्र प्रसाद कडौनिया

दाङ
१. बाँकी
२. बाँकी
३. घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२. बाँकी
३. दलबहादुर सुनार

बर्दिया
१. शालिकराम अधिकारी
२. विमला विक

रूकुम पूर्व
१. बाँकी

रोल्पा
१. गोकुल घर्ती

प्युठान
१. सूर्य बहादुर थापा क्षेत्री

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट

नवलपुर
१. भागीरथ सापकोटा
२. तिल बहादुर महत क्षेत्री

गोरखा
१. आरसी लामिछाने
२. मिलन गुरूङ

लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा
१. मीनप्रसाद गुरूङ
२. खिमबहादुर थापा

म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ

कास्की
१. बैण बहादुर क्षेत्री
२. कृष्ण बहादुर थापा
३. दामोदर बैरागी

बागलुङ
१. हिरा केसी
२. मन्जु शर्मा चालिसे

मुस्ताङ
१. इन्द्रधारा विष्ट

मनाङ
१. पोल्देन गुरूङ

पर्वत
१. पदम गिरी

सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप
१. माधव प्रसाद ढुंगेल

दोलखा
१. पार्वत गुरूङ

सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेर बहादुर तामाङ

काभ्रे
१. अमित लामा
२. बाँकी

धादिङ
१. भूमी त्रिपाठी
२. धन बहादुर घले

नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा
१. प्रेम बहादुर तामाङ

मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन
१. कमलराज पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. बाँकी
५. बाँकी
६. अमनकुमार मास्के
७. बाँकी
८. राजेश शाक्य
९. बाँकी
१०. विनोद श्रेष्ठ

भक्तपुर
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेत

ललितपुर
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. बाँकी

सप्तरी
१. सुमनराज प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा
१. रामशंकर यादव
२. नविन कुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु साह

धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली कुमारी महतो
४. रघुवीर महासेठ

महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. राम परीक्षण यादव
३. बाँकी
४. सरोज यादव

सर्लाही
१. बाँकी
२. बाँकी
३. हरि उप्रेती

रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी साह

बारा
१. अच्युत मैनाली
२. बलवीर प्रसाद चौधरी
३. ज्वाला कुमारी साह
४. कृष्ण (किसान) श्रेष्ठ

पर्सा
१. बाँकी
२. बाँकी
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

ताप्लेजुङ
१. बाँकी

पाँचथर
१. अइन्द्रसुन्दर नेम्वाङ

इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. बाँकी
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा
१. बाँकी

धनकुटा
१. राजेन्द्र राई

तेह्रथुम
१. भानुभक्त ढकाल

भोजपुर
१. शेरधन राई

सुनसरी
१. सूर्य पन्दाक
२. बाँकी
३. भगवती चौधरी
४. जगदीश कुशियैत

मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप कुमार बगडिया (अग्रवाल)
३. दिलीप राई
४. जीवन घिमिरे
५. बाँकी
६. बाँकी

सोलुखुम्बु
१. कल्पना राई

ओखलढुंगा
१. अस्मिता थापा

उदयपुर
१. दुर्गा थापा स्वस्ती
२. अमर बहादुर रायमाझी

खोटाङ
१. देवविक्रम राई

 

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  ०७ : ५७  बजे