काठमाडौं, १० असार । गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बेलुकी अबेर झापा र पाँचथरमा बाढी आउनेगरी पानी परेको थियो । त्यसपछि कतै पनि ठूलो पानी नपरेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । देशभर मनसुन सक्रिय रहेकोेले कुनै ठाउँमा छोटो समयमा पनि धेरै पानी पर्ने सम्भावना हुने भएकाले सचेत भइरहन मौसमविदको आग्रह छ ।
मौसमविदका अनुसार केही दिनसम्म छिनछिनमा पानी परिरहने भएकोले धान रोपाईंका लागि उपयुक्त मौसम हुनेछ । यसैबीच वर्षाका कारण आएको पहिरोले डोल्पामा भेरी करिडोर, जाजरकोटमा चंखिला सडकखण्ड र नवलपरासीको विनयी त्रिवेणीमा पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।
प्रतिक्रिया