रविको मुद्दा फिर्ताको निर्णयविरुद्ध दिनेश त्रिपाठी र युवराज सफलको रिट

काठमाडौं, २ माघ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो । रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताउनुभएको छ ।

आफूले सो निर्णयको तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश समेतको माग गरेको बताउनुभयो । महान्यायाधिवक्ता सविता भण्डारीले बुधवार लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । आजै महान्यायाधिवक्ता सविता भण्डारी रास्वपा सभापति रवि रवि लामिछानेसँग जोडिएका जीवी राई र छविलाल बन्जाडे जोशीलगायत सबैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको छ ।

भण्डारीले बुधवार लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो भने सर्वोच्च अदालतको नजिरलाई हेरेर रविसँग जोडिएका अन्य प्रतिवादीको पनि मुद्दा फिर्ता लिने निर्णय आज गर्नुभएको हो । सर्वोच्चले यसअघि एउटै अभियोगमा प्रतिवादी बनाइएकामा व्यक्ति तोकेर मुद्दा फिर्ता लिन नपाउने फैसला गरेकाले रविसहित जीवी र छविको पनि मुद्दा फिर्ता लिन लागिएको बताइएको छ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १९ : २८  बजे