काठमाडौं, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति गगनकुमार थापासहितको टोली कानूनविद्हरूसमेत लिएर आयोग कार्यालयमा पुगि पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिएको हो ।
कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै सभापति थापाले छिट्टै निर्णय दिन आग्रह गर्नुभयो । माघ ६ गतेको समयसीमालाई ख्याल गरि चाँडो निर्णय गर्न थापाको अनुरोध छ ।सभापति थापाले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको भन्दै आवश्यक सबै विवरण साथै पेश गरेको जानकारी गराउनुभयो । आयोगले निवेदन स्वीकार गरे पनि कुनै प्रतिक्रिया दिएको छैन ।निवेदन दिन आयोग जानुअघि सभापति थापाको नेतृत्वमा बसेको बैठकले निर्वाचन आयोगमा हस्ताक्षरसहित अन्य पदाधिकारीहरूको विवरण पनि अध्यावधिक गराउने निर्णय गरेको थियो ।
कांग्रेस विशेष महाधिवेशनले गएराति थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस हुनेछन् ।आजको बैठकले नयाँ कार्यसमितिको आजको बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ । प्रवक्ता चालिसेका अनुसार बैठकले आउँदो चुनाव केन्द्रित घोषणापत्र तयार पार्न सभापति थापाकै नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय भएको छ ।








प्रतिक्रिया