कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरक्षाकर्मीको टोली बढाइएको छ । कांग्रेसको केन्द्रीय समितिले बुधबार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछिको उत्पन्न अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको टोली बढाइएको हो ।

काठमाडौं प्रहरीका अनुसार, देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली बढाइएको हो ।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा भृकुटीमण्डपमा कांग्रेसको विशेष दास्रो महाधिवेशन चलिरहेको छ । सोही महाधिवेशन पार्टी अनुशासनबाहिर रहेको भन्दै बुधबार दुवै महामन्त्री र सहमहामन्त्री फमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १९ : २४  बजे