काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरूको माग रहेको बताउनुभएको छ । बुधवार नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बोधन गर्दै उहाले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि कांग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरूको मागलाई बेवास्ता गरिएको बताउनुभयो ।
उहाँले सभापति शेरबहादुर देउवाबाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्दा पनि आफूहरूलाई मान्य हुने बताउनुभयो । उहाँले आफूहरू अरु सबै विकल्पमा खुला भएको भए पनि विभिन्न किसिमका हल्ला फैलाइएको आरोप लगाउनुभयो ।








प्रतिक्रिया