बलरा नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका मेयर रामा शङ्करप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोज मोहन कुमार सिंह तथा रौतहटको शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्यहरू उमेश कुमार पासवान र जाजुल मिया कवारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीहरूले नगरस्तरीय कार्यक्रम ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ सञ्चालन गर्न सम्झौता गरेको तर तालिम नै सञ्चालन नगरि झुट्टा तथा नक्कली बिल भपराईलगायतका कागजान तपार पारेर प्रतिवेदन तयार पारेको आरोपपत्रमा उल्लेख छ ।अख्तियारले उनीहरूविरुद्ध जनही ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १८ : ५०  बजे