भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन होइन, भेला मात्र हो– एनपी साउद

काठमाडौं, २९ पुस।  नेपाली कांग्रेसका नेता एनपी साउदले भृकुटीमण्डपमा विशेष महाधिवेशन नभएर भेला मात्र भएको बताउनुभएको छ ।पार्टी कार्यालय सानेपाबाट मंगलबार साँझ बाहिरिने क्रममा साउदले पार्टीको महाधिवेशन नियमित कार्यतालिकामै हुने बताउनुभयो ।विशेष महाधिवेशन पक्षका नेताहरू पार्टी नफुट्ने गरी फर्किने उहाँको विश्वास छ ।

त्यो विशेष महाधिवेशन होइन, भेला हो । त्यहाँ जानुभएका साथीहरू पार्टी नफुट्ने गरी फर्किनुहोला भन्ने हाम्रो विश्वास छ, साउदले भन्नुभयो ।विशेष पक्षकै नेताहरूको समेत उपस्थितिमा नियमित महाधिवेशनको कार्यतालिका आएको भन्दै साउदले पार्टी त्यसैमा केन्द्रित रहेको बताउनुभयो।

 

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १९ : ५३  बजे