मंगलबारको विनिमयदर–अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९५ पैसा

काठमाडौं, २९ पुस  । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ २४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ९० पैसा र बिक्रीदर १९४ रूपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रूपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रूपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रूपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रूपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रूपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ६४ पैसा र बिक्रीदर २० रूपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ १९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८१ पैसा र बिक्रीदर ९ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६९ पैसा र बिक्रीदर १५ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ५१ पैसा र बिक्रीदर २२ रूपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८ रूपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रूपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रूपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ४६ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  ०९ : ०८  बजे