चिनिया उच्चस्तरीय टोली काठमाडौँ आउने

काठमाडौं, २९ पुस  । चिनिया उच्चस्तरीय टोली आगामी साता नेपाल आउने भएको छ। चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रि विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो। प्रतिनिधिमण्डल यहाँ तीन दिन रहनेछ।नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  ०८ : ५०  बजे