काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको वार्ता उपलब्धिपूर्ण नभएपछि उज्यालो नेपाल पार्टीका संरक्षणक कुलमान घिसिङ आफ्नो पार्टीका नेताहरूसँग छलफलमा हुनुहुन्छ। शुक्रबार बिहान घिसिङले रास्वपा सभापति लामिछानेसँग वार्ता गर्नुभएको थियो।
दुवै जनाबीच ३ घण्टा छलफल भएको छलफलमा सहभागी नेताहरूले बताउनुभएको छ।‘रवि लामिछानेसँग बिहान ३ घण्टा छलफल भयो तर कुनै निचोड निस्केन,’ कुलमानको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘रविसँगको छलफल खासै उपलब्धिपूर्ण भएन।’त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग छलफलमा जुटेका हुन्। काठमाडौँको बौद्धमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसँगै केन्द्रीय नेताहरू छलफलमा सहभागी छन्। डेढ घण्टनादेखि छलफल जारी रहेको छ।








प्रतिक्रिया