विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौँ : सुनिल शर्मा

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रवार भृकुटीमण्डपमा सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताउनुभयो ।

उहाँले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताउनुभयो । महाधिवेशले राम्रो निकास दिने उहाँको विश्वास छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १६ : १८  बजे