काठमाडौं, २३ पुस । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनुभएको छ । पार्टीको मंगलवार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोटला शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गर्नुभएको हो ।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघको दुई कार्यकाल अध्यक्ष हुनुभएको थियो। शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुनुहुन्छ । उहाँ ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।









प्रतिक्रिया