टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

काठमाडौं, २२ पुस  । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ।राइनोज टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ।रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ।यो टोलीले आक्रमक शैलीमा विश्वकप खेल्ने अपेक्षा गरिएको छ। नेपालले समूह चरणमै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालको विश्वकप टोली–
रोहित पौडेल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
कुशल मल्ला
सुन्दीप जोरा
आरिफ शेख
बशीर अहमद
सोमपाल कामी
करण केसी
नन्दन यादव
गुल्शन झा
ललित राजवंशी
शेर मल्ला
लोकेश बम

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  २० : २०  बजे