पूर्व परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

काठमाडौं, २१ पुस ।पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गर्नुभएको छ । नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उहाँ नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । स्रोतका अनुसार उहाको भ्रमण प्रयोजन खुलाइएको छैन। आइतबार मात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुग्नुभएको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १९ : २२  बजे