एमाले बाँके १ मा सूर्य ढकाल र ३ बाट दलबहादुर सुनार एकल सिफारिस

काठमाडौं, १९ पुस १९ । नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय सदस्य सूर्य ढकालको नाम एकल सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटीको आजको बैठकले ढकालको नाम एकल सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिए ।त्यसै गरी क्षेत्र नम्बर ३ मा पनि पूर्व मन्त्री दलबहादुर सुनारको नाम एकल सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ भने जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेलको सिफारिस गरेको छ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार  १८ : ४४  बजे