भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्– मादुरो जीवित रहेको प्रमाण चाहियो

काठमाडौं, १९ पुस ।  भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो ।

उनले भनेकी छन्, ‘सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसका बारेमा कुनै जानकारी छैन ।’बीबीसीले उपराष्ट्रपति रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण मागेको र अवस्था अज्ञात रहेको समाचारमा उल्लेख गरेको छ ।यसअघि ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार  १८ : ०७  बजे