तोलामा २९ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं, १८ पुस।  तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  १२ : ०१  बजे