ठगी आरोपमा जेनजी नेता शाही पक्राउ

काठमाडौं,  पुस १७ । ठगी आरोपमा जेनजी नेताकारुपमा चिनिएका अर्जुन शाही पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै २६ वर्षीय शाहीलाई पक्राउ गरेको जानकारी दिएको छ। उनीविरुद्ध ठगी र बैंकिङ कसुर गरेको गरेको आरोप छ।अछामको पञ्चदेव विनायक नगरपालिका ४ घर भएका शाही काठमाडौँको रानीपोखरी बस्दै आएका थिए। उनी यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १९ : ५६  बजे