काठमाडौं, १७ पुस । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूची प्राप्त भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाइएको बन्दसूचीमा एमालेले नयाँ र पुराना दुवै पुस्ताका नेताहरूलाई समेटेको छ।
बन्दसूचीमा खस आर्यतर्फ पूर्वमन्त्री पद्मा अर्याल, कोमल वली, निरुदेवी पाल, टुकाभद्रा हमाल, लता प्रसाईं, मेनुका काफ्ले, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल ९पौडेल० लगायतको नाम समावेश छ। पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, हरिशंकर योगी, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल र ठानेश्वरप्रसाद बस्यालजस्ता नेताहरू सूचीमा परेका छन्।
आदिवासी जनजाति क्लस्टरमा एमालेले प्रभावशाली र अनुभवी नेताहरूलाई प्राथमिकतामा राखेको देखिन्छ। यस समूहमा भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, यमुना घले र कान्ता राईको नाम समेटिएको छ। पुरुषतर्फ रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर र नवीन रोक्का मगरजस्ता नेताहरू बन्दसूचीमा छन्।
मधेसी समूहबाट रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, आशा यादवलगायतका महिला उम्मेदवार परेका छन्। पुरुषतर्फ चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, अनिलकुमार सिंह र सचिदानन्द साहलाई सूचीमा राखिएको छ।
दलित क्लस्टरमा विष्णुमाया विक, नीता पतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान र सावित्रा थिमिरे समावेश छन्। पुरुषतर्फ जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे र बोमबहादुर विश्वकर्माको नाम बन्दसूचीमा छ।
थारु समुदायबाट मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरीलाई महिला उम्मेदवारका रूपमा राखिएको छ भने कृपाराम राना, शिवप्रसाद चौधरी र जजीरप्रसाद चौधरी पुरुषतर्फ समेटिएका छन्। मुस्लिम समूहबाट साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुनका साथै मोहम्मद हारुन हलवाई र एकवाल मियालाई समानुपातिक उम्मेदवार बनाइएको छ।एमालेले समावेशिता र अनुभवलाई आधार मानेर समानुपातिक बन्दसूची तयार गरिएको जनाएको छ।
समानुपातिक उम्मेदवारको सूची
मधेसी
रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव
चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह
दलित
विष्णुमाया विक, नीता पतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा थिमिरे
जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली
थारु
मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी
कृपाराम राना, शिवप्रसाद चौधरी, जजीर प्रसाद चौधरी
मुस्लिम
साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन
मोहम्मद हारुन हलवाई, एकवाल मिया
खस आर्य
पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द
गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा ९स्याङ्जा०, हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी
आदिवासी जनजाति
भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना,
रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल ९सौका०, प्रेम घले, दलबहादुर गुरुद्ध, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।









प्रतिक्रिया