काठमाडौं,१६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनुभएको छ। महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न उहाँले माग गर्नुभयो ।उहाँले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको बताउनुभयो।
निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उहाले बताउनुभयो।देश निर्वाचनमा अगाडि बढेको भन्दै उहाँले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘लगानीबिना रोजगारी हुँदैन ।
रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उनले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताउनुभयो। राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै उहाँले पूर्वाधारमा लगानी हुन नसकेको बताउनुभयो ।
निजी क्षेत्रका पूर्वाधारमा अवरोध हुने गरेको भन्दै उहाले प्रश्न गर्नुभयो, ‘उद्योग कलकारखाना नभए रोजगारी कसरी सम्भव होला ? सरकारले वर्षको ३ सयदेखि ३५ सय रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने समेत अध्यक्ष ढकालले बताउनुभयो । युवा विदेशिन बाध्य रहेको भन्दै यी नै विषयमा झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । महासंघले शान्ति स्थायित्वमा सामूहिक पहल आवश्यक परेको उहाँको भनाइ छ । ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौं,’ उहाँले भन्नुभयो। युवा उद्यगशीलता विकास योजना कार्यान्वयनको माग गरे । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न उहाले आग्रह गर्नुभयो ।









प्रतिक्रिया