कांग्रेस पार्टी कार्यालयमा पत्र – २० वर्षदेखि भारतमा व्यापार गरिबसेका व्यक्ति कसरी बन्दसूचीमा ?

काठमाडौं, १६ पुस । नेपाली कांग्रेस सर्लाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक तर्फको उम्मेदवार सूचीप्रति आपत्ति जनाएको छ । सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउनुभएको हो ।

सर्लाही जिल्लाबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको मो. अन्सार खाँ पार्टीको कुनै पनि तहको समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै सक्रिय नदेखिएको व्यक्ति रहेको उल्लेख छ ।

पत्रमा भनिएको छ,‘गत २०/२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेको व्यक्ति कसरी कुन मापदण्डअन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ? यो आश्चर्य र शङ्कास्पद विषय हो । केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर नेपाली कांग्रेसको संगठन विस्तारमा अहोरात्र लाग्नु भएका साथीहरूको आत्मबल गिरेको छ । साथीहरूमा विद्रोहको भावना जागृत भएको छ । संगठनमा बसेर किन काम गर्ने भन्ने प्रश्न उठेको छ ।’

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १६ : ३२  बजे