प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौंः अध्यक्ष ओली

काठमाडौं, १५ पुस ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले चुनाव पर्खिरहेको बताउनुभएको छ मंगलबार महाधिवेशनको सन्देश बताउन आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित टिप्पणी गर्दै ओलीले केही पार्टीले प्रधानमन्त्री बनाइसकेको भन्दै टिप्पणी पनि गर्नुभएको छ । ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,’ उहाले भन्नुभयो । एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताउनुभयो ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १७ : २६  बजे