काठमाडौं, १३ पुस। नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।‘बन्दसूचीलाई भोलि समयमै पठाउने कुराले विभिन्न जिल्लाबाट प्रदेशबाट जसरी सिफारिस भएको छ,’ भट्टले भन्नुभयो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरेको उहाँले बताउनुभयो ।‘समानुपातिक भनेको संसद्मा व्यवस्थित ढंगले नीति निर्माणमा पठाउने हो । बन्दसूचीमा अध्यक्षले होमवर्क गरेर केही सुझावसहित पारित गरेको छ,’ उहाँले भन्नुभयो।अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने पनि उहाँले बताउनुभयो । ‘अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने भएको छ,’ भट्टले भन्नुभयो ।









प्रतिक्रिया