पार्टीहरू आजै छाड् भन्छन्, जेनजी पनि छाड् भन्छन्, हामी त अचानो भयौं– प्रधानमन्त्री कार्की

काठमाडौं, १० पुस । प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताउनुभएको छ। बिहीबार बाह्रखरी उत्कृष्ट कथा विजेता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले दुवै पक्षले आफूलाई दबाब दिएको बताउनुभएको हो । पोलिटिकल पार्टीले पनि आजै छोड् भन्छ। जेनजीले पनि आजै छोड् भन्छ। छोडेपछि थुक्क भन्लान्। हामी त अचानो भयौं, उहाँले भन्नुभयो । उहाँले सरकार अहिले जे गरे पनि सुख नपाउने अवस्थामा रहेको बताउनुभयो। उहाँले आफ्नै बारेमा कथा लेखे पनि हुने अवस्था रहेको बताउनुभयो। हाम्रै बारेमा पनि कथा लेख्नुस्। गृहमन्त्रीको लेख्नु के हाल छ। मेरो लेख्नु के हाल छ, उहाँले भन्नुभयो, अर्थमन्त्रीको हेर्नुस सबैको कथा बन्छ। मुलुक बंगलादेश नबनोस् भन्ने सरकारको चाहना रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  २० : ३३  बजे