सदन खोल्ने सहमति गरेका हौं, कुनै साटफेर छैन : प्रचण्ड

विराटनगर, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले सदन खोल्ने सहमति गरेको र यसमा कुनै साटफेर नगरेको बताउनु भएको छ ।

भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गर्नुभएको छ । उहाँ यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गर्नुभयो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उहाँले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गर्नुभयो ।

प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो,’नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् ।’ प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता सहमति यसरी नै हूँदै अएको थियो ।’

प्रकाशित मिति: ३२ जेष्ठ २०८२, शनिबार  ११ : ४९  बजे